Current Project
Past Project

Community Development

Institutional Development

Photo Gallery

Contact Information

Rural Development Tuki Association - Dolakha
Charikot, Dolakha, Nepal
Email : info@rdtadolakha.org
Web : http://www.rdtadolakha.org

रेमिटेन्स सदुपयोग गरौ

वैदेशिक रोजगार बाट फर्केका युवाहरुलाई विप्रेषण को उपयोग सम्बन्धि १ दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । युएसएआईडि को आर्थिक सहयोग ग्रामीण विकास टुकी संघ र सेभ द चिल्डेनको सयुक्त साझेदारिमा सञ्चालित सबल कार्यक्रमद्धारा दोलखा जिल्लाको शैलुंग, फस्कु, काटाकुटी र लामावगरमा उक्त कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा विप्रेषण(Remittance) भनेको के हो, विप्रेषणको सहि सदपयोग कसरी गर्ने, बिप्रेषणबाट प्राप्त आम्दानिलाई उत्पालनमूलक क्षेत्रमा लगानी गर्ने उपायहरु, वैदेशिक रोजगारमा जानुअघि अपनाउनु पर्ने कुराहरु लगायतको बारेमा छलफल गरिएको थियो । कार्यक्रममा वैदेशिक रोजगारबाट फर्केका करिब १०० जनाको उपस्थिति रहेको थियो । विदेशमा रहदा र फर्किदा आफुले कमाएको पैसा को महत्व बुझिएको रहेनछ हामी नचाहिने कुरामा फजुल खर्च गरिरहेका रहेछोै यस कार्यक्रमले हाम्रो आखा खोलिदियो अब बाकि रहेको रकमले उत्पादन मुलक क्षेत्रमा लगानि गर्ने र अब यहि नै बसेर खेती गर्ने, कतारमा ३ वर्ष बसेर फर्केका दोलखा जिल्ला फस्कु गाविसका २६ वर्षिय सुन्दर पाण्डे बताउनुहुन्छ । त्यसैगरी फस्कु गाविस १ का ४२ वर्षिय अर्जुन बहादुर बुढाथोकि भन्नुहुन्छ, यस्तो कार्यक्रमको आयोजनाले गर्दा विदेश जाने युवाहरुले म जस्तो दुख भोग्नुपर्दैन । साउदि अरबमा ५ वर्ष बसेर गाडि दुर्घटनामा परेर फर्कनभएका बुढाथोकि अहिले हिड्डुल गर्न र खाना समेत खाना सक्नुहुन्न । सीप नसिकि र जथाभावि म्यानपावर बाट जानाले आफुले दुख भोगेको उहा बताउनुहुन्छ । १६ वर्षको कलिलो उमेरमा नै लेबनान पग्नभएकी दोलखा काटाकुटीकी सुमी श्रेष्ठ अहिले ४ वर्ष पछि नेपाल फर्कनभएको छ । आफु विदेश जादा केहि थाहा थिएन पैसा पनि धेरै लाग्यो । तर यस्तो कार्यक्रम केहि वर्ष अगाडी नै भएको भए सायद थोरै रकममा विदेश जान्थे होला । यो कार्यक्रम युवाहरुको लागि जो विदेश जाने सोचमा हुनुन्छ उँहाहरुको लागि एकदमै फलदायी भएको बताउनुहुन्छ । आफुले विदेश बाट लेराएको केहि रकम खाना लाउनमा नै सकियो अब बाकि रहेको रकमले राम्रो सँग पढेर यहि नै व्यवसाय गर्ने उँहा बताउनुहुन्छ । विशेष गरी वैदेशिक रोजगारबाट फर्केका युवाहरुलाई विदेशमा रहदा दुख गरेर कमाएको पैसा नेपालमा आएर उत्पादनमुलक क्षेत्रमा लगानी गरियोस् र आफ्ना परिवारलाई पठाएको रकम फजुल खर्च नगरी सही सदुपयोग कसरी गर्ने भन्ने उदश्यले कार्यक्रमका आयोजना गरिएको थियो । कार्यक्रमको सहजिकरण वित्त प्रशासन अधिकृत शुभराज खत्रीले गर्नुभएको थियो ।