Current Project
Past Project

Community Development

Institutional Development

Photo Gallery

Contact Information

Rural Development Tuki Association - Dolakha
Charikot, Dolakha, Nepal
Email : info@rdtadolakha.org
Web : http://www.rdtadolakha.org

टुकी–सिविनको सहयोगमा १३ विद्यालय निर्माणाधिन

www.aawajonline.com दोलखा, १५ चैत दोलखाका १३ वटा विद्यालय निर्माणाधिन रहेका छन् । भुकम्पले सबैभन्दा बढी क्षति भएको दोलखामा ति विद्यालय निर्माण अन्तिम चरणमा पुगेका छन् । नेपाल सरकारको मापदण्ड अनुसार भुकमप प्रतिरोधी विद्यालय भवन ११७ कोठा निर्माण सिविन नेपालको सहयोगमा स्थानीय उपभोक्ता आफैंले गरेका हुन् । दोलखाको लामिडाँडा, बाबरे, कालिञ्चोक, खोपाचागू, विगू, आलम्पू, चिलंखा र लादुकका विद्यालय सबैभन्दा बढी क्षति भएका हुन् । नर्वेको दुताबासको सहयोगमा फोरुड टुकी–सिविनले उक्त भवन निर्माण गरेका हुन् । विद्यालयका प्रति कोठा ३३ जनादेखि ५५ जनासम्म विद्यार्थी बसेर अध्ययन गर्न मिल्ने गरी विद्यालय भवन निर्माण भएको हो । स्थानीयको माग अनुसार टुकी–सिविनले विद्यालय भवन निर्माण गरेका हुन् । टुकी–सिविनका परियोजना व्यवस्थापक रविन्द्र पराजुलीले १२ विद्यालय नर्वे दुतावासको सहयोगमा र १ विद्यालय फरुडको आफ्नो आन्तरिक स्रोतमा निर्माण भइरहेको जानकारी दिए । उनले १२ वटा विद्यालयको लागि मात्र १३ करोड १७ लाख ६२ हजार खर्च हुने बताए । विद्यालयमा प्रयोग हुने काठ उपचार गरिएका छन् । काठको उपचारका लागि रासायनिक उपचार विधि प्रयोग गरिएको उनले बताए । उपचार गरिएको काठ चिसोबाट बचाउन सकिने र धमिराले समेत नखाने हुँदा धेरै वर्षसम्म टिक्ने बताए । विद्यालय भवनसँगै शौचालय, फर्निचनर र पुस्ताकालय समेत व्यवस्थापन गरिदिने भएको छ । हरेक विद्यालयमा न्यूनतम् ३ कोठे शौचालन निर्माण हुनेछन् । ४५ जना विद्यार्थी बराबर एक कोठाको शौचालय निर्माण गरिने सिविनका फिल्ड संयोजक विष्णु सुवेदीले बताए । हरेक विद्यालयमा एउटा एउटा अपाङ्गमैत्री शौचालय निर्माण हुनेछन् । निर्माणाधिन विद्यालयका सबै संरचना बालमैत्री र छात्र÷छात्रामैत्री हुने छन् । भुकम्पले खानेपानीका धारा समेत क्षति भएकाले विद्यालयहरुमा खानेपानी योजना समेत सञ्चालन गरिएका छन् । बालमैत्री धारा सहित निर्माणाधिन खानेपानी योजनाका लागि साँढे २ लाखदेखि ६ लाखसम्म पानीका लागि मात्र खर्च हुन्छ । विद्यालयमा भुकम्प जस्ता प्रकोप जोखिममा प्रयोग हुने आधारभुत सामाग्री सहित पुष्तकालयमा राखिनेछ । भुकम्पले जिल्लाभरका अधिकाँश विद्यालय क्षति भए तापनि धेरै विद्यालयहरु अझै पनि अस्थायी सिकाइ केन्द्र(टहरा)मा कक्षा सञ्चालन भइ रहे तापनि दोलखाका उत्तरी क्षेका १३ विद्यालयमा भवन बनेसँगै पठन पाठनमा समेत सहज हुने भएको छ । बाबरेका मिलीजुली आधारभुत विद्यालयका व्यवस्थापन समिति अध्यक्ष सुरेन्द्र प्रधानले नयाँ विद्यालय भवन बनेसँगै आउँदो शैक्षिक वर्षबाट पठन पाठनमा समेत सहज हुने बताए । नयाँ भवन, शौचालय, फर्निचर, पुस्ताकालय र खानेपानी योजना सहितको एकीकृत योजनाबाट काम भएकाले भौतिक पूर्वाचारको चिन्ता सकिएको प्रधानले बताए । अब शैक्षिक गुणस्तरमा मात्र विद्यालय व्यवस्थापन समितिले समेत ध्यान दिने बताए । तस्बिरः लामिडाँडाको पोखरेमा निर्माणाधिन विद्यालय भवन ।